१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन लाइफको लाभांश बिमा समितिबाट स्वीकृत



अ+ अ-

काठमाडौंः एसियन लाइफ इन्सुरेन्सले सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

समितिले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (नगद लाभांश कर सहित) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।

कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारण सभामा लैजान बाटो खुलेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ र प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरण भएपछि पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।