९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

बर्ड फ्लुका कारण बाघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना बन्द

बर्ड फ्लुका कारण बाघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना बन्द
symbolic picture
अ अ+ अ-

एजेन्सी । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले एएनआईसँग भन्नुभयो, “गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै चिडियाखाना र सफारीहरू एक हप्ताका लागि ९मे २० सम्म० अस्थायी रूपमा बन्द गरिएको छ।”

निकुञ्जले आवश्यक सावधानी अपनाएको र कर्मचारीको स्वास्थ्य परीक्षण गरिरहेको पटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “चिडियाखानाका कर्मचारीको स्वास्थ्य अनुगमन भइरहेको छ । हामी सबै सावधानी अपनाइरहेका छौँ । हाम्रो निकुञ्जका कुनै पनि जनावरमा बर्ड फ्लुको लक्षण देखिएको छैन,” पटेलले भन्नुभयो ।

एएनआईसँग कुरा गर्दै उत्तर प्रदेशका वनमन्त्री अरुण सक्सेनाले भन्नुभयो, “चिडियाखानामा बर्ड फ्लुको पुष्टि हुने बित्तिकै राज्यका चिडियाखानाहरू सावधानीको उपायको रूपमा एक हप्ताका लागि बन्द गरिएको छ ।”

उहाँले थप्नुभयो, “भाइरसको सङ्क्रमण फैलिन नदिन सबै चिडियाखानामा सरसफाइको काम भइरहेको छ । एक हप्तापछि फेरि जाँच गरिनेछ र थप निर्णय लिइनेछ।”

यसअघि उत्तर प्रदेश सरकारले लखनउ, कानपुर र गोरखपुरमा रहेको इटावा लायन सफारी र चिडियाखानालाई एक हप्ताका लागि बन्द गर्न आदेश दिएको थियो ।

मङ्गलबार मुख्यमन्त्री योगी आदित्यनाथले एच–फाइभ एभियन इन्फ्लुएन्जा भाइरसबारे चेतावनीपछि राज्यको तयारी र प्रतिकार्य योजनाको समीक्षा गर्न वरिष्ठ अधिकारीहरूसँग एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको थियो ।

बर्ड फ्लु एक अत्यधिक सङ्क्रामक भाइरल रोग हो जसले विशेष गरी कुखुरा, हाँस र टर्कीजस्ता पङ्क्षीलाई असर गर्दछ ।

यो इन्फ्लुएन्जा ए भाइरसको कारण हुन्छ र ‘एच–फाइभ’ ले यी भाइरसहरूको उपप्रकारहरू मध्ये एकलाई बुझाउँछ । विशेष गरी एच–फाइभ एन–वन सबैभन्दा धेरै देखिने र खतरनाक रूपहरू मध्ये एक हो।