१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस—सुन्तलीको दुःख हट्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताउनुभएको छ ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताउनु भयो । उहाँले उहाँले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउनु भयो । उहाँले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज हामीले नयाँ काम थालेका छौँ । यसलाई सफल बनाउनुपर्नेछ । थालेपछि सफल हुन्छ । मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस—सुन्तलीले क्रिकेट मैदान शुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो । यति ठूलो काम आँटियो ।’

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताउनु भयो ।