१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आज साउन १ गते, कस्तो बित्नेछ तपाईको यो महिना ? हेर्नुहोस् तपाईको मासिक राशिफल

आज साउन १ गते, कस्तो बित्नेछ तपाईको यो महिना ? हेर्नुहोस् तपाईको मासिक राशिफल
अ अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): यो महिनामा तपाईंको राशिबाट चौथो भावमा सूर्यले भ्रमण संघर्ष पूर्वक परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । भ्रमण खानपान तथा शृङ्गारमा धन खर्च हुनेछ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । छोटो छोटो लाभदायक यात्रापनि रहला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): साउन महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिकरसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । रोजगारिका अवसर सिर्जना गरि धन सम्पति कमाउँन सकिनेछ । प्रेमका कोपिलाहरू फक्रियर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाईलो यात्रापनि हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग नीलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियॊ हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन् । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । अचल सम्पत्ती हातपर्ने योगछ । २० गतेबाट कहिलेकाहीँ राम्रो गर्दागर्दै र राम्रो बोल्दाबोल्दै पनि अपजस आइलाग्नसक्छ । समान हराउन सक्छनेछ भने कसैकसैको प्रेम सम्बन्धमा चिसोपनपनि आउनसक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): सिंह राशिका लागि यो महिनामा तपाईंको राशिबाट बारौँ भावमा सूर्यले भ्रमण गर्नाले आर्थिक पक्ष कमजोर हुनेछ । धन प्राप्तिका निम्ति पेसा व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । महिनाको अन्त्यमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको मध्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): यो महिनामा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाईला यात्राहरू हनेछन् । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चापनि चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): तुला राशिका लागि अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अचल सम्पत्ती हातपर्ने योगछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । वाहान लाभपनि हुने समय छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीरप्रेमिकाकाबिच खिन्नता बढ्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): साउन महिनामा जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । आर्थिक पक्ष सबल हँदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): यो महिनामा तपाईंको राशिबाट आठौ भावमा सूर्यले भ्रमण गर्नाले कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्न सक्छ र स्वास्थ्यप्रति सजकता अपनाउनु पर्नेछ । सामाजिक कार्य गर्दा मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । १८ गतेबाट नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । धार्मिक यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): मकर राशिका लागि यो महिनामा समग्रमा सकारात्मक महिना रहेको छ । नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समयपनि रहेको छ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): कुम्भ राशिका लागि यो महिना मिश्रित रहेको छ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट अधिकार प्राप्तिका लागिसंघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यूरङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): साउन महिनामा कुनै कारणवश रोकिएको कामलेपनि गति लिनेछ । काम गर्दा आकस्मिक समस्या आइलागेपनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । महिनाको उत्तरार्धबाट योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता देखिन्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । हाम्रो पात्रो