४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘एउटा बिटक्वाइन काण्ड’ मा परे यी अर्बपतिहरु, नेता र कम्पनीका ट्विटर खाता नै ह्याक

‘एउटा बिटक्वाइन काण्ड’ मा परे यी अर्बपतिहरु, नेता र कम्पनीका ट्विटर खाता नै ह्याक
अ+ अ-

बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्।

उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्।

क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ बराबरको साइबर मुद्रा गायब

प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्विटरको आग्रह

हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्।

ह्याकरले के गरे?

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो। "मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ," बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, "१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।"

सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ। टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा 'आउँदा केही घन्टामा' दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो। "कोभिड-१९ का कारण म उदार भइरहेको छु," बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो।

पुरानै रोग तर 'अनपेक्षित'

ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए। निलो 'टिकमार्क' सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ।

विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन। बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीका भनाइमा 'बिटक्वाइन दोबर पार्ने' काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो। उनी भन्छन्- "तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो।"

यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ। ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ। बीबीसी न्युज नेपालीबाट