३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलसंग लिभरपुलको हार, सय अंक पुगेन



अ+ अ-

लन्डन । लिभरपुल बुधबार आर्सनलको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित हासिल गरेको हो ।

यो नतिजापछि यसअघि नै लिग जितिसकेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा कीर्तिमानी सय अंक छुने नसक्ने भएको छ । लिभरपुलले ३६ खेलबाट ९३ अंक बनाएको छ । बाँकी दुई खेल जिते लिभरपुलले ९९ अंक मात्रै बनाउने छ । योर्गन क्लोपको लिभरपुलको यो लिगमा सिजनको तेस्रो हार हो ।

दर्शकविहीन इमिरेट्स रंगशालामा लिभरपुलले साडियो मानेको गोलले अग्रता लिएको थियो । भान डाइकको गलत पासमा आर्सनलका एलेकजान्डर लेकाजेटले बराबरी गोल गरे । लिभरपुलका गोलरक्षक एलिसन बेकरको अर्को भूलमा रेस नेल्सनले विजयी गोल गरे ।

ह्यारी केनकाे २०० गाेल

बुधबारको अर्को खेलमा टोटनह्यामले न्युकासल युनाइटेडलाई ३–१ ले हरायो जसमा ह्यारी केनले दुई गोल गरे । यससँगै क्लब फुटबलमा उनको गोल संख्या दुई सय नाघेको छ ।

उनका २ सय १ गोलमध्ये टोटनह्यामका लागि १ सय ८५ रहेको छ । अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गर्‍यो भने बर्नली र उल्भ्सले १–१ को बराबरी खेले । एजेन्सी