३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु



अ+ अ-

गोरखा। प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ ।

विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो ।

रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा सदरमुकामको हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो ।

 मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २२ वर्षदेखि यसलाई महोत्सवका रूपमा अगाडि बढाउन थालिएको छ । महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ”, उहाँले भन्नुभयो ।

गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेको छ । सोही विश्वासका साथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको हो । चामलको पीठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ ।

तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादका रूपमा एउटा रोट, एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइँ लड्न सकेको भन्ने भनाइसमेत रहेको छ । यसैले रोटलाई शक्तिवद्र्धक खाद्य परिकारका रूपमा पनि लिने गरिएको छ ।

संयोजक अकेलाका अनुसार यहाँ महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ । यसपटक ५० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ । रासस