१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजाकिस्तान : १६० भन्दा बढीको मृत्यु, पाँच हजार पक्राउ



अ+ अ-

अल्माटी । गत साता मध्य एसियाको सबैभन्दा ठूलो देश कजाकिस्तानमा भड्किएको दङ्गापछि १६० भन्दा बढीको मृत्यु भएको छ भने भने पाँच हजार पक्राउ परेका छन् ।

स्थानीय सञ्चारमाध्यमले आइतबार आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अनुमानमा घातक हिंसापछि करिब १७ करोण् ५० लाख युरो बराबरको सम्पत्ति क्षति भएको बताएक छन् ।

मन्त्रालयका अनुसार एक सयभन्दा बढी व्यवसाय तथा बैंकमा आक्रमण र लुटपाट भएको र करिब ४०० सवारी साधन नष्ट भएको छ।

रुसको स्पुतनिक समाचार एजेन्सीले आइतबार स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हिंसात्मक झडपमा दुई बालबालिकासहित १६४ जनाको मृत्यु भएको जनाएको छ ।

सबैभन्दा खराब हिंसा भड्किएको कजाकस्तानको मुख्य सहर अल्माटीमा १०३ जनाको ज्यान गएको छ । 

“आज देशका सबै क्षेत्रको अवस्था स्थिर छ”, आन्तरिक मामिला मन्त्री एर्लान तुर्गुम्बेभले भने, “देशमा सुव्यवस्था पुनःस्थापित गर्ने प्रयासमा आतङ्कवाद विरोधी अभियान जारी छ ।”

अल जजिराका रोबिन फोरेस्टियर–वाकरले जर्जियाको राजधानी टिबिलिसीबाट रिपोर्टिङ गर्दै मृतकको सङ्ख्या बढ्न सक्ने बताए। “हामीले लडाइँ, हिंसा र गोलीबारीको मापनका आधारमा शव गणना बढ्ने अनुमान गरेका छौँ, भारी मेसिन गन फायर र विस्फोटहरू  जनवरी ५ र ६ मा घण्टौँसम्म चलेको छ”, उनले भने ।