१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

साकेला उभौली चाड: ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला उभौली चाड: ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै
;fs]nf l;nL k|:t't M vf]6fªsf] hfnkfdf cfof]hgf ul/Psf] b'O{ lbg] nf6f]sf];]/f] tyf x'lrn pT;jsf] cj;/df z'qmaf/ ;fs]nf l;nL k|:t't ub}{ ls/ft ;d'bfo . …ls;fgsf] ;fyLÚsf ?kdf /x]sf] nf6f]sf];]/f] tyf x'lrn ;+/If0fdf 6]jf k'¥ofpg] p2]Zon] pT;jsf] cfof]hgf ul/Psf] xf] . t:jL/ M s]bf/ du/÷vf]6fª, /f;;
अ अ+ अ-

खोटाङ । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला ९उभौली० चाड मनाउने चलन छ ।

साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदानप्रदानसहित महिना दिनसम्म साकेला उभौली चाड मनाउने गरिएको छ ।

साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौलीको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ ।

साकेला उभौलीको अवसरमा किरात राईहरूको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँमा विधिवतरूपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ । किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ ।

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रूपाकोट मझुवागी नगरपालिकाको मझुवागढी, रूपाकोट र मेरूङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ । छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।

चराचुरूङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷रझ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।

बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।

दश स्थानीय तह रहेको खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अवस्थित किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरूपमा सुरूवात गरिने साकेला उभौली चाड महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर सामुहिकरूपमा साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भावका साथै आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरूत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वर्षमा दुई पटक मनाइने साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्वसमेत कायम गर्न सघाउ पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने चलन छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखरसुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । साकेला उभौली–उधौली चाडलाई किरात समुदायले परापूर्वकालदेखि नै निक्कै महत्त्वका साथ मनाउने गरेका छन् ।”

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

किरात समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक बिदासमेत दिएको छ । आज किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।