१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः चौथो स्थानमा लेस्टर



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले बिहीबार सेफिल्ड युनाइटेडलाई २–० ले हरायो र लिग तालिकाको चौथो स्थानमा कायम रहेको छ ।

यसका लागि आयोज पेरेज र डेमाराइ ग्रेले गोल गरे । यो जितपछि उसको ६२ अंक भएको छ । समान अंकमा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ र यसका लागि उसले क्रिस्टल प्यालेसलाई २–० ले हरायो ।

त्यसमा मार्कस रसफोर्ड र एन्थोनी मार्टिएलले गोल गरे । लिगका अन्य खेलमा एभर्टन र एस्टन भिल्ला तथा साउथह्याम्पटन र ब्राइटनले समान १–१ को बराबरी खेले ।