३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल वंश महासंघ काठमाडौंद्वारा कागेश्वरी मनोहरा नगरकमिटी गठन



अ+ अ-

काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ।

दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा सञ्जिव पौडेल चयन भएका छन् । सोही अवसरमा विभिन्न अन्य समितिहरू पनि गठन गरिएको छ । पाँच सदस्यीय सल्लाहकार समिति,  तीन सदस्यीय सम्पादन समिति र तीन सदस्यीय प्राविधिक समिति रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ९३ वर्षीय कुल ज्येष्ठ सिताराम पौडेल रहेका छन्। त्यस्तै, पौडेल वंश केन्द्रिय प्रतिनिधि तथा प्रदेश नं. ३ का अध्यक्ष सुमन पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष श्री दिपकराज पौडेलले गरेका थिए भने सञ्चालन तथा संयोजन जिल्ला सदस्य  बासुदेव पौडेलले गरेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगर समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, साथै जिल्ला समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो। साथै गोठाटार, मूलपानी, थली, डाछी, नयाँगाउँ र भद्रवास लगायतका क्षेत्रबाट १०० भन्दा बढी पौडेल बन्धुहरूको उपस्थिति रह्यो।

वंशावली संरक्षक नवराज पौडेल, प्रदेश सदस्य श्री आत्माराम पौडेल, तथा पूजनीय बुवा श्री दामोदरप्रसाद पौडेलको पनि गरिमामय उपस्थिति रहँदा कार्यक्रम अझ ऐतिहासिक र प्रेरणादायी बनेको थियो।

कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै । नवगठित कार्यसमिति तथा अन्य समितिहरूलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको थियो।