८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदारः परराष्ट्रमन्त्री

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदारः परराष्ट्रमन्त्री
अ+ अ-

ललितपुर: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार हुन् भन्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता विनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।”

मन्त्री डा राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गर्नुभयो ।

त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ ।”

मन्त्री डा राणाले लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयो ।

फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यताहरुमा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको वर्तमान अवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक आवाजहरूका लागि मञ्च प्रदान गर्ने उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गरी असल समाज निर्माणको अगुवाई गर्न समग्र सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । मन्त्री डा राणाले गलत सूचना सम्प्रेषणले प्रजातान्त्रिक प्रणालीमै आघात पुर्याउने भएकाले यस्ता गलत अभ्यासलाई रोक्नका लागि मिडियाकर्मीहरु आफै लाग्नुपर्ने सुझाव पनि दिनुभयो ।

नेपालले जलवायु परिवर्तनका कारण अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थामा यस विषयलाई पनि थिमका रुपमा राखेर मिडिया समिट आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

यसै विषयमा केन्द्रित रहेर नेपाल सरकारले यसै हप्ता सगरमाथा संवादको आयोजना गरेको जानकारी दिँदै नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति दर्शाउन यो सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको बताउनुभयो ।

मन्त्री डा राणाले नेपालले अन्तर्राष्ट्रिय अदालत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्यायको माग गरिरहेको प्रसंग उल्लेख गर्दै भन्नुभयो “नेपालको न्याय मागको यो अभियानलाई विश्वव्यापी बनाइदिन म यस मिडिया समिटमा उपस्थित विभिन्न देशका पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।