८ जेष्ठ २०८२, बिहीबार
,
Latest
‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’ कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न मानव अधिकार आयोगको आग्रह कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामति विधेयक आउन सक्दैनः सभापति खतिवडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिका आधारमा मुलुकी अपराध संहिता संशोधन गर्नुपर्ने



अ+ अ-

काठमाडौँ। ‘मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’लाई सरोकार भएका निकाय र व्यक्तिबीच छलफलमार्फत सहमति गरेर मात्र अघि बढाउनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।

कानुन दिवसका अवसरमा आज महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्स्ले यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आवश्यक छलफल र परमर्शपछि उक्त विधेयक संशोधन गर्नुपर्नेमा जोड लिएका हुन् ।

अधिवक्ता सविन श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले वैशाख ७ गतेदेखि मन्त्रालयको वेबसाइटमा राखेर सात दिनको अवधि दिए पनि यस विषयमा धेरैले थाहा नपाएकाले सरोकार भएका निकायबीच बृहत् छलफल गरेर परिष्कृत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । सात दिनमात्र अवधि राखेर सुझाव माग गर्दा सरोकार भएका सबैले यस विषयमा थाहा पाउने वातावरण पनि नबनेको उहाँले उल्लेख गर्नुभयो ।

सेन्टर फर रिप्रडक्टिभ राइट्स्मा आबद्ध अधिवक्ता रोशना प्रधानले प्रेम सम्बन्धमा रहेका जोडी शारीरिक सम्पर्कमा गए पनि फौजदारी संहिता लगाउनुहुँदैन भन्ने उच्च अदालत विराटनगरको आदेश रहेको जनाउँदै सहमतिमा शारीरिक सम्बन्ध भएमा सामान्य रूपमा लिनुपर्ने व्याख्या अदालतले गरेको बताउनुभयो । उहाँले सरोकार भएका निकायबीच समन्वय र सहमतिका आधारमा विधेयक संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेन्टर फर रिप्रडक्टिभ राइट्स्का क्षेत्रीय निर्देशक प्रवीना बज्राचार्य, अधिवक्ता नवीन श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीलगायत वक्ताले विधेयक संशोधन गर्दा सरोकार भएका निकाय र व्यक्तिबीच बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस