१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

सरकारमा जान तँछाडमछाड गरेका छैनौंः माओवादी सचिव पौडेल

सरकारमा जान तँछाडमछाड गरेका छैनौंः माओवादी सचिव पौडेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले यो वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन भित्रै एक मत नरहेको टिप्पणी गर्नुभयो । सचिव पौडेलले नीति तथा कार्यक्रममा सरकारकै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले सरकारमा जाने कुरा छैन । सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौं । नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न । प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न । गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न । यसले देखाउँछ भने उहाँहरू सरकारको निम्ति सरकार, जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ ।”

उहाँले अहिलेसम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गर्नुभयो ।