१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

विद्युत प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

विद्युत प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताउनुभएको हो ।

उहाँले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताउनु भयो । विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं ।’

अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पार्नुभयो । प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।