८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तानबीच तनावको प्रभावः अरिजित सिंहको कन्सर्ट रद्द



अ+ अ-

एजेन्सी । ‘अपरेशन सिन्दूर’देखि नै भारत र पाकिस्तानबीच तनावको अवस्था रहेको छ । जहाँ पाकिस्तानले ड्रोन र मिसाइलले निरन्तर आक्रमण गरिरहेको छ र भारतले यी आक्रमणहरूलाई विफल पारिरहेको छ ।

हिजोमात्रै इन्डियन प्रिमियर लिगको खेल बीचैमा रोकिएको थियो, अब अबुधाबीमा हुने गायक अरिजित सिंहको कन्सर्ट पनि रद्द गरिएको छ । यद्यपि, गायकले टिकटको सम्पूर्ण रकम फिर्ता गर्ने आश्वासन दिएका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा फ्यानहरूलाई यो जानकारी दिँदै अरिजित सिंहले लेखेका छन्, “प्रिय फ्यानहरू, हालैका घटनाहरूका कारण हामीले अबुधाबीमा आयोजना हुने अरिजित सिंह लाइफ कन्सर्ट स्थगित गर्ने कठिन निर्णय लिएका छौं ।”

यो ९ मे २०२५ मा यास आइल्याण्डको इतिहाद एरिनामा हुने तय भएको थियो ।

‘यस समयमा तपाईंको धैर्य, समर्थन र समझदारीको हामी कदर गर्छौं । हामी नयाँ स्थान र सुविधाहरूमा काम गरिरहेका छौं र चाँडै नै घोषणा गर्नेछौं । सबै खरिद गरिएका टिकटहरू अर्को कन्सर्टको लागि मान्य हुनेछन् वा तपाईंले ७ दिन भित्र पूर्ण फिर्ता पाउन सक्नुहुन्छ ।’ उनले भनेका छन् ।