२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले टिआरसीसँग सम्बन्धित विषयहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु टुंगो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानून टुंग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेको बताउनु भयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन सम्बन्धित पक्ष, राजनीतिक दलहरुसँग छिटो कुराकानी गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टिआरसी र बेपत्ता पारिएका व्यक्तिहरु टुंगो लगाउनुपर्ने अवस्था छ । यो धेरै ढिलो भइसकेको अवस्था छ । कानून हामीले टुंग्याऔँ । सर्वोच्च अदालतको जुन परिमार्जन गर्ने आदेशपछि । तर अझै पनि त्यो संरचना नबन्नाले काम अगाडि बढेको छैन । यसलाई चाँडो टुंग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही किसिमबाट सम्बन्धित स्टेक होल्डर दलहरुसँग पनि कुराकानी छिटो अगाडि बढाउने र यसलाई निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरुको विषयमा पनि, सत्य निरुपण र मेलमिलापको विषयमा पनि टुंगो लगाउने गरेर यो कमिसन अगाडि बढाउनुपर्छ भनेर एउटा निष्कर्ष निकालेका छौँ । जति पनि संवैधानिक संरचनाहरु छन्, त्यसलाई पनि पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्छ भन्नेकुरा गरेका छौँ ।’

उहाँले संवैधानिक संरचनाहरुलाई पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्ने बताउनु भयो ।