८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

भारत पाकिस्तान युद्ध निरन्तर रहे सगरमाथा संवाद के होला ?

भारत पाकिस्तान युद्ध निरन्तर रहे सगरमाथा संवाद के होला ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ । हिजो मात्र पनि पाकिस्तानले भारतका जम्मु र पञ्जाव प्रान्तका विभिन्न स्थानमा आक्रमण गरेको छ । गएराति पनि पाकिस्तानले भारतका विभिन्न ९ स्थानमा ड्रोन हमला गरेको थियो । यद्यपि, भारतले ती आक्रमणहरुलाई निस्तेज पारेको जनाएको छ ।

यो युद्धले छिमेकी देशहरुलाई असर गर्न थालिसकेको छ । यसको पहिलो अर्थात् प्रत्यक्ष प्रभाव नेपाल आउने भारतीय पर्यटकमाथि परेको छ । केही दिनयतादेखि नेपाल आउने भारतीय पर्यटकहरुले आफ्ना भ्रमण रद्ध गरिरहेका समाचार स्रोतहरु बताउँछन् ।

बुधबारदेखि नै युरोपबाट नेपाल आउने जाहाजहरु रोकिन थालेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार युरोप र एसियामा पर्ने टर्की, मध्यपूर्वको कतार, युएइ, कुवेत, साउदी अरेबिया लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने समेत गरी उडानहरु प्रभावित भएका बताइएको छ ।

उता भारतले समेत हिजोसाँझ देखि २० भन्दा बढी विमानस्थलहरु बन्द गरेर ती विमानस्थलमा गैरसैनिक उडानहरु रोकेको छ । यसरी विमान रोकिँदा ती विमानस्थलका उडानहरु अनिश्चितसम्मका लागि प्रभावित भएका छन् । यसले भारतलाई मात्र नभएर छिमेकी मुलुकहरुमा जाने नागरिक पनि प्रभावित हुने नै भए ।

भारत पाकिस्तानका बीचको यो अवस्था रहेका बेला नेपालले भने आगामी हप्ता हुन गइरहेको सगरमाथा संवादको व्यापक तयारी गरिरहेको छ । यसमा सहभागिताका लागि विभिन्न देशका मन्त्री तथा विशिष्ट व्यक्तित्वहरु आउने निश्चित गरेका छन् र सोही बमोजिमको तयारी नेपाल सरकारले पनि गरेको छ ।

तर पछिल्लो हप्ता देखिएको छिमेकको यो असहज परिस्थितिका कारण कतै सगरमाथा संवाद पनि प्रभावित बन्ने त होइन भन्ने आशंका उब्जिएको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारी बताउँछन् ।

उनले भने‐ यही परिस्थित अघि बढ्दै गयो र भारत र नेपाल आउने उडानहरु बुधबार र बिहीबारको जस्तो प्रभावित भए भने नेपाल आउने अतिथिहरुका लागि पनि अप्ठेरो पर्न सक्छ । त्यसैले यस विषयमा हामीले सोच्नुपर्छ कि भन्ने ठानेका छौँ ।

उनका अनुसार छिमेकमा पनि यस्तो अवस्था रहेकाले सरकारी उच्चस्तरको सहभागिता नरहन सक्ने डर समेत रहनेछ । यसका साथै भारतको आकास भएर आउने उडानहरु प्रभावित हुने अवस्था आयो भने त्यसबाट त नेपाल आउने विशिष्ठ अतिथिहरुलाई प्रभावित पार्ने नै भयो । यसकारण पनि सगरमाथा संवादको कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ या सकिँदैन भन्ने बारेमा निर्णय गर्नुपर्ने उनको भनाई छ ।

एक दुई दिनभित्रै भारत र पाकिस्तानको युद्धको अवस्था कता जान्छ भन्ने कुरा हेरेर सगरमाथा संवाद निरन्तर गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गरेर आमन्त्रितहरुलाई खबर गरिहाल्नुपर्ने अवस्था रहेको ती अधिकारीले बताए ।