५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलको अवार्ड



अ+ अ-

अमेरिका । अमेरिकाको  एटलान्टामा बस्दै आउनु भएका सिके (चतुराखर) पराजुली एसियन प्यासिफिक अमेरिकन काउन्सिलको अवार्ड बाट सम्मानित हुनु भएको छ । समुदायको हितको लागि विभिन्न महत्वपूर्ण काम गरेको भन्दै पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलले दिने अवार्डबाट सम्मानित गरिएको हो ।

एसियाका १५ भन्दा बढी देशको छाता संस्थाको रुपमा रहेको एसियन प्यासिफिक अमेरिकन काउन्सिलले अमेरिकामा विभिन्न काम गर्दै आएको छ । पराजुलीले यो अवार्ड दोश्रो पटक प्राप्त गरेका हुन।

काउन्सिलले हरेक बर्ष समुदायको विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने क्रममा नेपाली समुदायमा महत्वपूर्ण योगदान गरेको भन्दै पराजुलीलाई सम्मान गरेको हो यस किसिमको सम्मान अन्य मुलुकबाट गएर त्यहाँ बसोबास गर्नेहरुलाई पनि दिने गरिएको छ ।

पराजुलीको अगुवाईमा एटलान्टामा सप्ताह सहित महायज्ञ आयोजना गरि अर्थ संकलन गरेर मन्दिर सहित बहुउद्धेश्यिय भवनको निर्माण भैरहेको छ भने नेपालमा पनि उनले विभिन्न शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।

पराजुलीको नेपाल घर कास्की जिल्लाको तत्कालिन चापाकोट गाबिस अर्थात हाल पोखरा महानगरपालिका -२३ निर्बाने हो।