३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलको अवार्ड



अ+ अ-

अमेरिका । अमेरिकाको  एटलान्टामा बस्दै आउनु भएका सिके (चतुराखर) पराजुली एसियन प्यासिफिक अमेरिकन काउन्सिलको अवार्ड बाट सम्मानित हुनु भएको छ । समुदायको हितको लागि विभिन्न महत्वपूर्ण काम गरेको भन्दै पराजुलीलाई एसियन प्यासिफिक अमेरिकन काउन्सिलले दिने अवार्डबाट सम्मानित गरिएको हो ।

एसियाका १५ भन्दा बढी देशको छाता संस्थाको रुपमा रहेको एसियन प्यासिफिक अमेरिकन काउन्सिलले अमेरिकामा विभिन्न काम गर्दै आएको छ । पराजुलीले यो अवार्ड दोश्रो पटक प्राप्त गरेका हुन।

काउन्सिलले हरेक बर्ष समुदायको विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने क्रममा नेपाली समुदायमा महत्वपूर्ण योगदान गरेको भन्दै पराजुलीलाई सम्मान गरेको हो यस किसिमको सम्मान अन्य मुलुकबाट गएर त्यहाँ बसोबास गर्नेहरुलाई पनि दिने गरिएको छ ।

पराजुलीको अगुवाईमा एटलान्टामा सप्ताह सहित महायज्ञ आयोजना गरि अर्थ संकलन गरेर मन्दिर सहित बहुउद्धेश्यिय भवनको निर्माण भैरहेको छ भने नेपालमा पनि उनले विभिन्न शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन ।

पराजुलीको नेपाल घर कास्की जिल्लाको तत्कालिन चापाकोट गाबिस अर्थात हाल पोखरा महानगरपालिका -२३ निर्बाने हो।