१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सर्किट लागेर कारोबार स्थागित



अ+ अ-

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ ।  

बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शुन्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको हो । बजार खुलेको छ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रो पटक कारोबार खुल्लेको केही सेकेन्ड मै पुनः ६ दशमलव शुन्य चार प्रतिशतको वृद्धि हुँदा शेयर कारोबार आइतबारका लागि स्थगित भएको हो ।

नेप्से परिसूचक १ हजार ४ सय ७९ दशमलव शुन्य ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात १७ दशमलव ३९ प्रतिशतले बढेर ३ सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित भएका हुन् । जसको असर नेप्से सूचकमा परेको छ । बजार खुल्ने वित्तीकै बैंकिङ समूहको शेयरमा लगानीकर्ता भुम्मिएका थिए । त्यसैले बैंकिङ समूह ७ दशमलव ४४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह पनि ६ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ९६ कित्ता शेयर खरिद विक्री भएको छ ।

आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २ करोड ४१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत एक दर्जन कम्पनीको शेयर मूल्यममा सकारात्मक सर्किट लागेको छ ।