९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: दर्शकमा उत्साह देखियो, हलमा व्यापक शो



अ+ अ-

काठमाडौं। यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ ।

टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ ।

नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रको लागि व्यापक शो प्रदान गरिसकेका छन् । यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए । शो सङ्ख्या र दर्शकको चासो हेर्दा चलचित्रले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् । उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।