१ आश्विन २०८३, बिहीबार
,
Latest
‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोबाट दुई घर पुरिए, तीन जोखिममा



अ+ अ-

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका  छन् । 

घर पछाडिबाट आएको पहिराले गए राति १२ः३० बजे भित्ता नै भत्काउँदा भलसहितको पानीले तल्लो तलामा राखिएका सामान बगाएको छ । पानी परेपछि पहिराबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीयवासी दानस मल्लले बताउनुभयो । पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ । 

यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिराको जोखिममा छन् । पहिरोपीडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडाध्यक्ष मित्रलाल कँडेलले बताउनुभयो ।