१ आश्विन २०८३, बिहीबार
,
Latest
श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी



अ+ अ-

काठमाडौं । रसुवा–भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकहरूको सहभागितामा बिहीबार बिहानदेखि उक्त विषयमा छलफल भइरहेको हो ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार शिक्षा समितिको हल, भवन नं. २ को भुँइतलामा बिहान ११ः३० बजेदेखि छलफल भइरहेको छ ।

बुर्लाकोटीले बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार रसुवा–भोटेकोसी–त्रिशूली विपद् र जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल थालिएको जानकारी दिए ।

उनले भने, ‘हिजो (बुधबार) सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार रसुवा–भोटेकोसी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल गर्न संसद्‌मा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकको सहभागितामा छलफल भइरहेको छ।’

छलफलमा विपद्को अवस्था, जलवायु परिवर्तनसँग यसको सम्बन्ध तथा यस विषयमा संसद्को भूमिकाका सम्बन्धमा विशेष समिति गठनको सम्भावनाबारे प्रारम्भिक धारणा आदानप्रदान भइरहेको छ।