२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोबाट दुई घर पुरिए, तीन जोखिममा



अ+ अ-

रामपुर । गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका  छन् । 

घर पछाडिबाट आएको पहिराले गए राति १२ः३० बजे भित्ता नै भत्काउँदा भलसहितको पानीले तल्लो तलामा राखिएका सामान बगाएको छ । पानी परेपछि पहिराबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीयवासी दानस मल्लले बताउनुभयो । पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ । 

यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिराको जोखिममा छन् । पहिरोपीडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडाध्यक्ष मित्रलाल कँडेलले बताउनुभयो ।