२ आश्विन २०८३, शुक्रबार
,
Latest
आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत दिनुपर्छ : मेचे



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार तथा स्रोत उपलब्ध नगराउँदा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा प्रादेशिक समयअन्तर्गत बोल्दै मेचेले संविधानको धारा २३२ ले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वय व्यवहारमा प्रभावकारी बन्न नसकेको बताउनुभएको हो ।

उहाँले अधिकारको अस्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आवश्यक कानुनको अभावका कारण प्रदेश तथा स्थानीय तहको सेवा प्रवाह प्रभावित भइरहेको बताउनुभयो । संघीय बजेटमा सशर्त अनुदानको हिस्सा बढी हुँदा प्रदेश र स्थानीय सरकारको स्वायत्तता प्रभावित भएको भन्दै उहाँले वित्तीय समानीकरण अनुदानलाई वस्तुनिष्ठ र न्यायोचित बनाउने स्पष्ट खाका ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मेचेले संघीय निजामती सेवा ऐन तथा प्रहरी समायोजनसम्बन्धी कानुन अझै बन्न नसक्दा प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोगमा कठिनाइ भोगिरहेको बताउनुभयो । साझा अधिकारका विषयमा देखिएको क्षेत्राधिकारको दोहोरोपन हटाउन पनि सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँको माग थियो ।

विपद् व्यवस्थापनको अग्रपङ्क्तिको जिम्मेवारी स्थानीय तहलाई दिइए पनि आवश्यक स्रोत र बजेट भने केन्द्रमै केन्द्रित रहेको मेचेले बताउनुभयो । जलवायु परिवर्तनका कारण विपद्का घटना दोहोरिन सक्ने भएकाले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा जोखिमयुक्त स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि पर्याप्त स्रोत उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

यसैबीच, मेचेले कोशी प्रदेशको सोलुखुम्बुस्थित महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएको विषयलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गर्नुभयो । उहाँका अनुसार करिब ३५ मिटर अग्लो पहिरोका कारण करिब १०० मिटर लामो बाँध बनेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको छ ।

उहाँले उक्त जोखिमलाई तत्काल सम्बोधन गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र उद्धार व्यवस्थापनमा ध्यान दिन सरकारको आग्रह गर्नुभयो ।