३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद

जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद
अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकार्य र समानुभूति जगाउने किसिमको कूटनीति आवश्यक रहेको सांसदहरूले बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या तथा क्षतिपूर्तिका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले जलवायु न्याय सुनिश्चित गर्न नेपालको कूटनीति शालीन, सहानुभूतिपूर्ण र समानुभूति महसुस गराउने किसिमको हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु न्याय र क्षतिपूर्तिको विषयसँगै नेपालको प्राकृतिक स्रोतसाधन तथा जलविद्युत्को उपयोगका विषयलाई पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो ।

नेपालले आफ्नो वनजंगलको प्रभावकारी उपयोग गर्न नसक्दा मलेसियाबाट काठ आयात गर्नुपरेको उल्लेख गर्दै उहाँले जलवायु न्यायको बहससँगै नेपालका प्राकृतिक स्रोतसाधनको उपयोगको अधिकारबारे पनि अन्तर्राष्ट्रिय तहमा बहस गर्नुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर र क्षतिको विज्ञानमा आधारित अध्ययन तथा विश्लेषण आवश्यक रहेको बताउनुभयो । उहाँले रसुवाको भोटेकोशी बाढीलगायतका विपद्को अध्ययन गर्दा वैज्ञानिक आधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

शक्ति राष्ट्रहरूले आर्थिक, सामरिक तथा राजनीतिक शक्ति निर्माण गर्ने क्रममा जलवायु परिवर्तनमा पारेको प्रभावबारे अबको बहस केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरू जलवायु परिवर्तनप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उहाँले नेपालले राष्ट्रिय परिप्रेक्ष्यमा जलवायु परिवर्तनसँग सम्बन्धित तथ्यांक र विश्लेषणका आधारमा स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनुभयो ।

रास्वपाका सांसद डा. राम लामाले नेपालले लामो समयदेखि जलवायु न्यायको विषय उठाउँदै आए पनि त्यसलाई प्रभावकारी अन्तर्राष्ट्रिय पहलमा रूपान्तरण गर्न नसकेको बताउनुभयो । सन् २००९ मा कोप–१५ को पूर्वसन्ध्यामा नेपालले कालापत्थर घोषणामार्फत जलवायु अन्यायको विषय उठाएको स्मरण गर्दै उहाँले एउटै देशले मात्र आवाज उठाएर जलवायु न्याय प्राप्त गर्न कठिन हुने बताउनुभयो ।

कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने मुलुकहरूलाई उत्सर्जन घटाउन दबाब दिन नेपालजस्ता जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूबीच क्षेत्रीय कन्सोर्टियम गठन गर्नुपर्ने उहाँको प्रस्ताव थियो । नेपालले नेतृत्व लिएर जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूलाई एकै ठाउँमा ल्याउन सके जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय दबाब प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या, क्षति तथा जलवायु न्यायको विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए । साथै, जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूबीच क्षेत्रीय सहकार्य बढाउँदै क्षतिपूर्ति र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहललाई थप सशक्त बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।