७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी

महामारीका बेलामा पत्रकारलाई बेरोजगार नबनाइयोस- डा.महत

महामारीका बेलामा पत्रकारलाई बेरोजगार नबनाइयोस- डा.महत
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सह महामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोभिड १९ अनुगमन समितिले आज नेपाल पत्रकार महासंघमा पुगेर कोरोना महामारीमा पत्रकारको अवस्था र राज्यको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ Ï

नेपाल पत्रकार महासंघको आयोजनामा भएको हो कार्यक्रममा पत्रकार महासंघका अगुवा पत्रकारहरुले अहिले पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा प्रकाश पारेका थिए भने अनुगमन समितिका संयोजक डा महतले अहिलेको अवस्थामा सबैले सामुहिक दायित्व बहन गर्न आह्वान गर्नुभयो । साथै अनेक बाहानामा पत्रकारहरु माथि भईरहेका ज्याजति माथि सरकार उदासिन रहेको बताउनु भयो Ï

बिभिन्न संचारगृहहरुले लामो समयसम्म काम गरिरहेका पत्रकारहरुलाई समेत बेरोजगार बनाई रहेका सूचनाहरु सार्वाजनिक भईरहेकोमा नेपाली काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको र यस्ताखाले गतिबिधि रोक्न संचारगृहलाई अनुरोध गर्दै संचार क्षेत्रका समस्यालाई समाधान गर्न सबै मिलि सरकारलाई वाध्य बनाउनका लागि समेत अपिल गर्नुभएको छ Ï

उहाँले भन्नुभयो, यो सहज बेला होइन महामारीको बेला हो, त्यसैले यस्तो बेलामा पहिला ज्यान जोगाउने र त्यसपछि सबै मिलेर सकेसम्म सबैको जीविकोपार्जनको बाटोको पनि रक्षा गर्नु हो । त्यसैले देशका पत्रकारहरु सहित अरु कुनै पनि नागरिकले यस्तो बेलामा बेरोजगार हुन नपरोस भनेर रोजगारदाताहरु विशेषगरी सजग हुनुपर्छ । डा.महतले यस्तो समस्याको बेलामा सरकारले पनि विभिन्न पेसा र व्यवसायका मानिसहरुलाई आवश्यक सहयोग गर्नुपर्नेमा पनि ध्यान दिनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुगमन समितिका सदस्यहरु एन पी सावद र डा चन्द्र भण्डारीको समेत सहभागिता थियो Ï