१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस इटालीको सिरी ए उपाधि नजिक



अ+ अ-

मिलान । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले सोमबार लाजियोलाई २–१ ले हराएको छ । यो जितसँगै युभेन्टस इटालीको सिरी ए उपाधि नजिक पुगेको छ । युभेन्टस लगातार नवौं उपाधिको संघारमा छ ।

रोनाल्डोले ५१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे र त्यसको तीन मिनेटपछि दोस्रो गोल पनि थपे । लाजियोका लागि काएरो इमोबाइलले एक गोल फर्काए ।

इमोबाइल र रोनाल्डो दुवैको लिगमा ३०/३० गोल पुगेको छ । युभेन्टसको ८० अंक भएको छ र यो इन्टर मिलानमाथि आठ अंकको अग्रता हो । लिगमा चार चरणका खेल हुन बाँकी छ ।