१ पुष २०८२, मंगलवार
,
Latest
एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट इंग्ल्यान्डले जित्यो



अ+ अ-

म्यानचेस्टर । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सोमबार पाँचौं तथा अन्तिम दिन १ सय १३ रनले जितेको छ । यससँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिज १–१ को बराबरीमा पनि ल्याएको छ ।

वेस्ट इन्डिजले जितका लागि आफ्नो दोस्रो इनिङ्समा ३ सय १२ रनको लक्ष्य पाएको थियो । त्यस अगाडि टिम १ सय ९८ रन बनाएर अलआउट भयो ।

इंग्ल्यान्डका लागि स्टुवार्ट ब्रोडले ४२ रन खर्चेर तीन विकेट लिए । यसअघि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स तीन विकेट गुमाएर १ सय २९ रनमा टुंगेको घोषणा गरेको थियो ।