२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईलाई चश्मा !



अ+ अ-

यो अनौठो घटना टर्कीको हो । त्यहाँ एक किसानले आफ्नो गाईलाई भर्चुअल रियालिटी चश्मा लगाइदिएका छन् । यो चस्माको मद्दतले उनले गाईलाई गर्मीको मौसममा खुला मैदानमा चरन गएको अनुभूति गराउँछन् । यसले गाईहरूमा सकारात्मक प्रभाव परेको छ । चरनमा चरेको भर्चुअल अनुभवले खुसी भएर गाईले बढी दूध दिन थालेको ती किसानले बताए ।

इज्जत कोकाक टर्कीको अक्सरे सहरका हुन्। उनले आफ्ना गाईहरूलाई गर्मीमा खुला आकाशमुनि खेतमा चरिरहेको महसुस गराउन आँखामा भर्चुअल रियालिटी चस्मा लगाइदिए । यसले गाईहरूलाई घामको न्यानो प्रकाशमा हरियो चरनमा स्वतन्त्ररूपमा घुमिरहेको महसुस गराएको थियो।

हरियाली दृश्य र बाहिरी आवाजले गाई खुसी हुने र दूध पनि बढी दिने गरेको अनुसन्धानबाट थाहा पाएको उनले बताए । त्यसपछि मात्र उनलाई भर्चुअल रियालिटी गगल्सको आइडिया आयो । यो परिवर्तनले गाईहरूमा सकारात्मक प्रभाव पार्यो । गाईहरुले  प्रतिदिन २२ लिटरबाट २७ लिटर दूध दिन थाले ।

कोकाकका अनुसार भर्चुअल रियालिटी चश्मा मानिसका लागि हो। तर गाईहरूले यी चश्माहरू लगाउन सक्छन् । पशु चिकित्सक, परामर्शदाता र क्रास्नोगोर्स्क फार्मका विकासकर्ताहरूले तिनीहरूलाई विशेषरूपमा डिजाइन गरेका थिए। विकासकर्ताहरूले रियालिटी चश्मालाई गाईको टाउकोमा मिलाउने गरी मात्र बनाएनन रियालिटी चश्मा हेडसेटको सफ्टवेयरमा रङ प्यालेट पनि परिवर्तन गरे। किनभने गाईले रातो वा हरियो देख्दैन।