१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले छाडेका सांसदको मुद्दाको सुनुवाई फेरि भएन



अ+ अ-

काठमाडौंः नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन ।

न्यायाधीश आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सो मुद्दाको पेसी परेको भए पनि उक्त मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको छ ।

पटक–पटक पेसीमा चढेर पनि सर्वोच्च अदालतमा यस मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

 

याे पनि पढ्नुहाेस्

एमालेद्वारा निष्कासित १४ सांसदको मुद्दा पेसीमा

 

नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमालेका अध्यक्ष मार्फत सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै गत भदौ १७ गते मुद्दा दर्ता भएको थियो ।

एमालेले गत साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगसमक्ष पेश गरेको थियो ।