५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेषको फैसला विरुद्ध सर्वोच्चमा आयोग



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दावी थियो ।

सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । उक्त फैसला कानुन सम्मत् नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।