२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक



file
अ+ अ-

चितवन । सोमबार बिहानदेखि  बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । सोमबार कालिखोलामा पहिरो जाँदा मंगलबार दिउँसो पौने पाँच बजेपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको हो । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ । 

नारायणगढ–मुग्लिन सडक खण्डमा लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ । नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।