३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा अटोचालकको मृत्यु



अ+ अ-

नेपालगञ्ज। बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे१ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो ।

कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार शाहीको मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  रासस