७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी

कोरानाले महोत्तरीका ६० वर्षीय वृद्धको निधन

कोरानाले महोत्तरीका ६० वर्षीय वृद्धको निधन
अ+ अ-

धरान । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वृद्धको निधन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा।डा संजिवकुमार शर्माले जानकारी दिए।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ।  मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।  

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो।  प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निधेश सापकोटाले बताए।  उनले  प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए।  योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ।