१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलोग्नालाई पराजित गर्दै एटलान्टा फेरि ‘सिरी ए’ को दोस्रो स्थानमा



अ+ अ-

मिलान । इटालीको 'सिरी ए' मा एटलान्टाले मंगलबार फेरि दोस्रो स्थान हात पारेको छ । यसका लागि उसले बोलोग्नालाई १–० ले हरायो ।

खेलको एक मात्र गोल लुइस मुरिलले दोस्रो हाफमा गरे । यो जितपछि एटलान्टाको ७४ अंक भएको छ र यो तेस्रो स्थानमा रहेको इन्टर मिलानमाथि दुई अंकको अग्रता हो ।

इन्टरले एक खेल कम खेलेको छ । युभेन्टस भने ८० अंकसहित शीर्ष स्थानमा छ ।