५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित, लेबर पार्टीलाई बहुमत



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ लेबर पार्टीले जीत हासिल गरेसँगै अल्बानिजी पुन: प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी अब पुन: तीन वर्षका प्रधानमन्त्री बन्ने छन् । प्रमुख प्रतिपक्षी दल लिबरलका नेता पिटर डट्टन भने आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् ।

निर्वाचनमा विजयी हासिल गरेपछि पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा अल्बानिजीले यो जीत सम्पूर्ण अस्ट्रेलियालीको भएको बताए । आफ्नो मुख्य उद्देश्य र एजेण्डा अस्ट्रेलियाली जनताप्रति केन्द्रित रहेको र निरन्तर रहने उनको भनाइ थियो । उनले दलका बिभिन्न नेता तथा परिवार उपस्थित कार्यक्रममा अल्बानिजीले लेबर सबैको अस्ट्रेलियाली जनताको सरकार बन्ने बताए । उनले लेबरलाई पुन: जीत दिलाएर जनताले महत्वपूर्ण निर्णय लिएको सुनाए ।

आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका विपक्षी दलका नेता डट्टनले हारको जिम्मेवारी लिँदै माफी मागेका छन् । निर्वाचन हारेसँगै उनी दलको नेता समेत रहने छैनन् । उनले आफूले प्रधानमन्त्रीलाई फोन गरेर बधाई दिइसकेको बताए । डट्टनले अस्ट्रेलियाली जनताको मन र चाहनालाई बुझेर आफुले निरन्तर काम गरिरहेको र गरिरहने बताए ।

अस्ट्रेलियाली राजनीतिमा मुख्य गरेर लेबर र लिबरल गठबन्धनको बर्चस्व रहेको छ । यी दुई दलसँगै तेस्रो ठुलो दल ग्रिन र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । यसपटकको निर्वाचनमा वर्तमान प्रधानमन्त्री अल्बानिजीले सहज जीत हासिल गरेका छन भने विपक्षी दलका नेता डट्टनले लेबर उम्मेदवार अली फ्रान्ससँग पराजित भएका छन् । उक्त निर्वाचन क्षेत्रबाट डट्टन दुई दशकभन्दा लामो समयदेखि निर्वाचित हुदै आएका थिए ।

अस्ट्रेलियाको तल्लो र माथिल्लो सदनमा गरेर २ सय २६ सिटका लागि मतदान भएको हो । तल्लो सदन (लेजिस्लेटिभ काउन्सिल) मा १ सय ५० जना र माथिल्लो सदन सिनेटमा ७६ सिटका लागि शनिबार मतदान भएको हो । अस्ट्रेलियास्थित समाचारसंस्था एबिसीका अनुसार अहिलेसम्म लेबर ८५ सीटमा अघि छ भने लिबरल जम्मा ३९ सीटमा अघि देखिएको छ । साथै लेबर र लिबरल बाहेक स्वतन्त्र उम्मेदवार ११ स्थानमा अघि छन् ।