२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति क्रिकेटः नेपाल पुलिस क्लबलाई उपाधि



अ+ अ-

मोरङ ।  मनमोहन कप फाउन्डेसनद्वारा विराटनगरमा आयोजित तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरी उपाधि प्राप्त गरेको छ ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको फाइनलमा पुलिस क्लबले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गरी उपाधि प्राप्त गरेको हो ।

यो जितसँगै पुलिसले नगद रु चार लाख र ट्रफी तथा उपविजेता आर्मीले नगद रु दुई लाख र ट्रफी प्राप्त गरेका छन् । खेलमा ‘टस’ हारेर पहिले ‘ब्याटिङ’ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रन बनाएको थियो ।

पुलिसले दिएको दुई सय ४० रनको लक्ष्य आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रन मात्र बनाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद नगद रु २५ हजार, उत्कृष्ट ब्याटर पुलिसका शङ्कर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत जनही नगद रु १५–१५ हजार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगरका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो ।

यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको आसाम क्रिकेट क्लब, कोशी र बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी थिए । प्रतियोगिता सम्पन्न गर्न करिब रु  एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।  रासस