काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ ।
सो पार्टीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् ।
‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’ विज्ञप्तीमा भनिएको छ ।