• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा एसको आपत्ति (विज्ञप्तीसहित)



फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । 

सो पार्टीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् ।

‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’ विज्ञप्तीमा भनिएको छ ।