१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित



अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । साना सवारी साधन एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि सिन्धुपाल्चोक, दोलखा र  रामेछाप  आवतजावत प्रभावित भएको छ । अहिले स्थानीय तहको सहयोगमा  सडक पुनःसञ्चालन गर्ने प्रयास भइरहेको प्रनाउ काफ्लेले बताउनुभयो ।
 
यस्तै अविरल वर्षापछि आएको बाढीपहिराले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक  चलाउन भनिए पनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ । सडक कार्यालय चरीकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि  बिग्रिएपछि समस्या भएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।




भर्खरै