२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कट्रिना कैफ र विक्की कौशलको विवाहको एक महिना पूरा, दुवैले एक अर्कालाई दिए शुभकामना



अ+ अ-

बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाह भएको एक महिना पूरा भएको छ । कट्रिनाले निकै सुन्दर तस्विर शेयर गरेकी छिन् । जसमा विक्की कौशल र उनकी श्रीमतीलाई अँगालो हालेको देखिन्छ । कट्रिना र विक्कीले एक महिनाको वार्षिकोत्सव मनाए । उनीहरुका सेलिब्रेटी साथीहरुले दुबैलाई बधाई दिएका छन् ।

कट्रिना र विक्की कौशलको यो सेल्फी केही मिनेटमै भाइरल भएको छ । १३ मिनेटमा करिब पाँच लाख प्रयोगकर्ताले लाइक गरेका छन् भने धेरै फ्यानले कमेन्ट गरेका छन् । दिया मिर्जा, नेहा धुपिया, रणवीर सिंह, वाणी कपुरदेखि जोया अख्तरसम्म सबैले कमेन्ट गरेका छन् ।

यो तस्बिरमा विक्की कौशल पत्नी कट्रिना कैफलाई अँगालो हालेको देखिएका छन् । दुबैको अनुहारमा निकै मिठो मुस्कान छ जसले यो तस्विरलाई अझ सुन्दर बनाएको छ । केटरिना–विक्कीले ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए ।

कट्रिना र विक्कीले विवाहका लागि फरक ठाउँ रोजेका थिए । दुवैले ७०० वर्ष पुरानो सिक्स सेन्स फोर्ट होटलमा विवाह गरेका हुन् । यस अवधिमा सुरक्षा र गोपनीयताको कडा ख्याल राखिएको थियो। विवाहमा उनका नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी थिए ।

कट्रिना कैफ र विक्की कौशलको विवाहको तस्बिरलाई १० करोडभन्दा बढीले लाइक गरेका छन् । यस मामिलामा दुवैले विराट–अनुष्का र प्रियङ्का–निकलाई पनि पछाडि छोडेका छन्। विवाहपछि विक्की कौशल अहिले काममा फर्किएका छन् । विक्कीले इन्दौरमा सारा अली खानसँगको आगामी फिल्मको सुटिङ सुरु गरेका छन् ।