१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले उचाल्यो इंग्लिस प्रिमियर लिगको ट्रफी



अ+ अ-

लिभरपुल । बुधबार च्याम्पियन लिभरपुलले एनफिल्डमा इंग्लिस प्रिमियर लिगको ट्रफी उचालेको छ । बुधबारको खेलमा उसले चेल्सीमाथि ५–३ को रोमाञ्चक जित पनि निकालेको छ । लिभरपुल पूरा सिजन घरमा अपराजित पनि रह्यो । उसका लागि पहिलो हाफमा नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड र जर्जिनोले गोल गरे ।

ओलिभर जिरोडले एक गोल फर्काएयता रोबर्टो फिरमिनोले चौथो गोल गरे । टामी अब्राहिम र क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि चेल्सीले खेलमा फर्कने छाँट देखाएको थियो, तर एलेक्स अक्सले च्याम्बरलिनले लिभरपुलका लागि पाँचौं गोल गर्दै जित निश्चित गरे । लिभरपुलले लिगको घरमा खेलेका १९ खेलमध्ये १८ मा विजयी रह्यो ।

जितसँगै लिभरपुलको ९६ अंक पनि भएको छ । लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ ।