३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम महिला राष्ट्रपति भण्डारीले भन्नुभयो ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ।’

सरकार सञ्चालनमा रहेका पार्टी दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिको आकांक्षा र महत्वाकांक्षा भन्दा हाम्रो राष्ट्रिय आकांक्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने/नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।’

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।

उनले भन्नुभयो ‘राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो। विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ। अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ। पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ।’

मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उहाँले भन्नुभयो ‘यो व्यक्ति विशेषका मनको कुरामात्रै हाे। धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त? जसले जिते पनि नेपाली नै जित्ने हो। पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नी।’

उहाँले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो । रासस