३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो ।

संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उहाँको भनाइ छ । उहाँले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समे समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गर्नुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गर्नुभयो । उहाँले गैरआवासीय नागरिकताको अधिकारका विषय कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरार आयो कि भनेर अलिकति गति पक्रेको चाहीँ छ । संविधान निर्माणपछि बीचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पु¥याउन नसकेको हो । सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिष्पर्धी दलहरु नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो । किनभने हामीले आर्थिक, सामाजिक रुपान्तरण जुन हामीले खोजेका थियौं । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौंला अहिले मिलेरै चलाउँ भनेर चलाएका छौं । यो गैरआवासीय नागरिकतासम्बन्धमा गैरआवासीय नागरिकहरुको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’

उहाँले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताउनु भयो ।