६ जेष्ठ २०८२, मंगलवार
,
Latest
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी हिजो प्रम विरामी भएकोले आज मन्त्रिपरिषद बस्दै, विश्वलाई गभर्नर बनाइने विश्व पौडेललाई गभर्नर बनाउने सहमति गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार



अ+ अ-

मुस्ताङ । हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको हो ।

समूद्री सतहको करिब तीन हजार ८०० मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने कतिपय धार्मिक तिर्थालु पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । मुक्तिनाथमा लेक लागेर बिरामी हुने धार्मिक तिर्थालुलाई छिटोछरितो आपत्कालिन प्रारम्भिक उपचारको व्यवस्थापन गर्न प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालले जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्था गरेको तथा गाउँपालिकाले व्यवथापन एवं औषधि लगायतमा सहयोग गर्दै आइरहेको स्वास्थ्य संयोजक बोहोराले बताउनुभयो । मुक्तिनाथ स्थित ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’मा प्रदेश अस्पताल जोमसोमले दुई हेल्थ असिस्टेन्ट करारमा खटाएको छ । अस्पतालले ट्रिटमेन्ट सेन्टरका लागि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था गरेको छ ।

लेक लाग्ने बिरामीको उपचार सेवाका लागि हेल्थ असिस्टेन्ट सरोज घर्तीमगर र विकास ठाकुर २४ सै घण्टा बिरामीको सेवामा खटिनुभएको छ । हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट घर्तीमगरले लेक लागेका बिरामीलाई उपचार सेवा पु¥याउन तीन वटा शय्या र तीन अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई शय्या र दुई सिलिन्डर मन्दिरको केही पर व्यवस्थापन भएको तथा एक शय्या र एक सिलिन्डरको व्यवस्था मन्दिर परिसर नजिकै राखेर सेवा दिने गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि हालसम्म करिब दुई हजार बढीले सेवा प्राप्त गरेको हेल्थ असिस्टेन्ट घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार चैतमा मात्रै १७९ जना लेक लागेका बिरामीले हाइअल्टिच्युड ट्रिटमेन्ट सेवाबाट स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् ।

मुक्तिनाथमा धार्मिक तिर्थालुका लागि स्थापना गरिएको ट्रिटमेन्ट सेन्टरको प्रारम्भिक कक्ष साँघुरो हुँदा बिरामीको उपचारमा केही असहज भएको देखिएको छ । यसका लागि मन्दिर परिसर नजिकै सुविधायुक्त हाइअल्टिच्युड पूर्वाधार भवनको व्यवस्था आवश्यकता रहेको छ ।

मुक्तिनाथमा लेक लागेका बिरामीलाई प्राथमिक उपचार गरेपछि जोमसोमस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको अर्का हेल्थ असिस्टेन्ट ठाकुरले बताउनुभयो । मुक्तिनाथमा ४५ देखि ९४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लेक लाग्ने समस्याको उपचार प्रदान गरिसकेको ठाकुरको भनाइ छ ।

समूद्री सतहको कम उचाइबाट उच्च स्थानमा विश्राम नलिइ आउने धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या बढी हुने गरेको छ । दीर्घ रोगका बिरामी र शारिरीक रुपले कमजोर तथा उमेर कटेका ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा दर्शन गर्न आउँदा लेंक लाग्ने समस्या बढी हुने गर्छ । उच्च स्थानमा पुग्दा अक्सिजनको मात्रा कम हुँदा देखिने समस्यालाई लेक लागेको भन्ने गरिन्छ । लेक लागेका बिरामीलाई बान्ता हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरिर भारी हुने र अल्छि लाग्ने जस्ता लक्षण देखिने गछनर्् ।

उच्च स्थानको मुक्तिनाथमा जाने धार्मिक तिर्थालु कुन ठाउँबाट कसरी आइपुगेको हो लेक लाग्ने समस्या त्यसैमा निर्भर हुन्छ । मुस्ताङमा कम उचाइको स्थानबाट आउने भारतीय पर्यटकलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको पाइएको छ । यसैगरी मुक्तिनाथमा गएर खाली पेटमा १०८ धाराको पानी सेचन गर्ने, चिसो कुण्डमा डुबुल्की मार्ने र खाली पेटमै दर्शन गर्ने गर्दा शरिरले तापक्रम व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या देखिने गरेको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयले मुक्तिनाथ आउने धार्मिक पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । ‘सवारी चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान सञ्चालन गरेर धार्मिक तिर्थयात्रीलाई लेक लाग्ने समस्याका बारेमा जानकारी दिने र लेक लाग्ने समस्याका बारेमा पर्चा, पम्प्लेट र ब्रोसर वितरण गर्ने अभियान सञ्चालन भइरहेको छ ।

मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेक लाग्ने जाखिमबाट जोगाउन म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र घाँसामा लेक लाग्ने समस्याका विषयमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ । घाँसामा रहेका सुरक्षाकर्मीले समेत लेक लाग्ने समस्याका बारेमा धार्मिक तिर्थालुलाई जानकारी दिने गरेका छन् । मुस्ताङमा बर्सेनि दुई दर्जन बढी धार्मिक तिर्थालुको लेक लाग्ने समस्याबाट मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । रासस