२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित



अ+ अ-

ललितपुर । मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित भएको छ । रातो मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले शनिबारका लागि रथयात्राको उत्तम साइत साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्र जुरे पनि बुधबार राति रथयात्रा पुनः स्थगित गर्ने निर्णय भएको हो । 

वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथ रथयात्राका लागि वैशाख कृष्ण औंशीमा पर्ने मातातीर्थको भोलिपल्ट रथारोहण गरेपछि चौथो दिन यात्रा गर्ने परम्परा रहेको छ । तर, यसपटक भने त्यो नियम लागू भएको छैन ।

किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवको पालामा भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याए पनि विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरसका कारण मत्स्येन्द्रनाथ रथजात्रा पनि प्रभावित बनेको हो । 

गुरु गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मत्स्येन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको जनविश्वास छ ।  यही किंवदन्तीका आधारमा हालसम्म पनि मत्स्येन्द्रनाथ मूर्ति रथयात्रा गर्ने परम्परा छ । रथमा राखिएको तीन दिनपछि मत्स्येन्द्रनाथ रथ पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।