१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित



अ+ अ-

ललितपुर । मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित भएको छ । रातो मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले शनिबारका लागि रथयात्राको उत्तम साइत साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्र जुरे पनि बुधबार राति रथयात्रा पुनः स्थगित गर्ने निर्णय भएको हो । 

वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथ रथयात्राका लागि वैशाख कृष्ण औंशीमा पर्ने मातातीर्थको भोलिपल्ट रथारोहण गरेपछि चौथो दिन यात्रा गर्ने परम्परा रहेको छ । तर, यसपटक भने त्यो नियम लागू भएको छैन ।

किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवको पालामा भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याए पनि विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरसका कारण मत्स्येन्द्रनाथ रथजात्रा पनि प्रभावित बनेको हो । 

गुरु गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मत्स्येन्द्रनाथ काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मत्स्येन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको जनविश्वास छ ।  यही किंवदन्तीका आधारमा हालसम्म पनि मत्स्येन्द्रनाथ मूर्ति रथयात्रा गर्ने परम्परा छ । रथमा राखिएको तीन दिनपछि मत्स्येन्द्रनाथ रथ पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।

 




भर्खरै