२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र युक्रेनबीच बहुप्रतिक्षित खनिज सम्झौता सम्पन्न



तस्बिरः बीबीसी
अ+ अ-

काठमाडौं । अमेरिकाले युक्रेनसँग बहुप्रतिक्षित खनिज सम्झौता गरेको छ । यो सम्झौताले युक्रेनको दुर्लभ खनिजमा अमेरिकी पहुँच पुगेको छ ।
दुई देशबीच खनिज सम्झौता गर्न निकै लामो उतारचढावको सामना गर्नु परेको थियो ।

अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ । केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो ।

वक्तव्यमा जनाइए अनुसार किभको पुन: सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ । फेब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन् ।