८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम मन्त्रिपरिषदद्बारा पारित, गभर्नर सिफारिस समितिमा अधिकारी नियुक्त



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त सदनमा राष्ट्रपतिले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारले शुक्रबार दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम ल्याउने छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी निवर्तमान गभर्नर हुन ।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधबारको मन्त्रिपरिषद्ले गरेको हो ।