८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठकमा शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति औपचारिक निर्णयका लागि प्रस्तुत गरिनेछ । बैठकअघि सरकार र शिक्षक प्रतिनिधिहरूबीच व्यापक छलफल भएको थियो ।

स्रोतका अनुसार छलफल सकारात्मक बनेको छ र दुबै पक्ष नौ बुँदे सहमतिमा पुगेका छन् । आजको मन्त्रिपरिषद् बैठकले उक्त सहमतिलाई अनुमोदन गर्ने तयारी गरेको जनाइएको छ ।